आज:  | Fri, 22, Mar, 2024

पल शाहकी बहिनी आईन अभिनयमा, पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

२०७५, ८ असार शुक्रबार १६:३० मा प्रकाशित ( ५ साल अघि) ३३७४१ पाठक संख्या

असार ८ । चर्चित नायक पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह पनि अभिनयमा आएकी छन् । उनि अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्गले गरेका छन् । संगीत पनि इरोज आँफैले दिएका छन् ।

रोशनीले पहिलो भिडियोबाट नै दाजुजस्तै आफु पनि अभिनयमा दमदार रहेको प्रमाणित गरेकी छन् । भिडियोमा उनि अनुराग ठकुरीसँग अभिनय गरेकी छन् । अनुरागले पनि यसै भिडियोबाट अभिनयमा डेब्यू गरेका हुन् । यि दुवै नव-कलाकारले यो डान्सिङ्ग भिडियोमा आकर्षक नृत्य गरेका छन् ।
गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । पछिल्ला दिनहरुमा निर्देशक सुवेदीसँग मात्र म्यूजिक भिडियोमा अभिनय गरिरहेका पलले आफ्नी बहिनीलाई डेब्यू गराउने जिम्मा सुवेदीलाई नै दिएका हुन् ।
नायक पल शाह र निर्देशक विकास सुवेदीको सम्बन्धमा दरार आएको हल्ला आईरहेको बेला सुवेदीले पलको बहिनीलाई भिडियोमा अभिनय गराउँदा ति हल्लाहरु गलत साबित हुने देखिएको छ । आफुहरुको आत्मिय सम्बन्ध यथावत रहेको प्रमाणित गर्न यो भिडियो काफी देखिएको छ । त्यसो त नेपालका चर्चित निर्देशकहरुले म्यूजिक भिडियो अफर गरेतापनि पलले सुवेदीलाई नै बिश्वास गरी आफ्नी बहिनीलाई अभिनयमा डेब्यू गराउने मौका दिएका हुन् ।
निर्देशक सुवेदीले सँधै चल्तीका कलाकारलाई मात्र लिएर भिडियो निर्माण गर्नुभन्दा पनि नयाँ प्रतिभाहरुलाई स्थान दिनुपर्छ भन्ने मान्यताले आफुले यसपटक दुवैजना नयाँ कलाकार राखेको बताए । यसअघि सुवेदीले डान्सर शुसान्त खत्रीलाई लिएर बनाएको म्यूजिक भिडियो ‘मंगली’ सर्वाधिक चर्चामा छ, जसले रिलीजको पाँच दिनमा नै बीस लाख बढि यूट्युब भ्यूज पाईसकेको छ ।
भिडियोमा अनिक के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ

खबर एक्सप्रेस