आज:  | Thu, 18, Apr, 2024

नाइ नभन्नु ल ५ को फष्ट लुक सार्वजनिक

२०७५, १० असार आईतवार १६:१७ मा प्रकाशित ( ५ साल अघि) १२९२० पाठक संख्या

असार १० ।
चलचित्र नाइ नभन्नु ल ५ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सानो जोडि र ठूलो जोडि पोष्टरमा देखाइएको छ । बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा र स्वस्तिमा खड्का र अभिसेक नेपालको जोडी पोष्टरमा देखाइको छ ।

थुप्रै ख्याति प्राप्त कलाकार चलचित्रमा भए पछि पछिल्लो पुस्ताका कलाकारलाइ मात्र पोष्टरमा राखिएको छ । निर्देशक बिकाश राज आचार्य कथा अनुुसारकै फष्ट लुक सार्वजनिक गरिएको बताएका छन् ।
भदौ ८ गते बाट प्रर्दशनमा आउने चलचित्र नाइ नभन्नु ल ५ मा अनुभव , सेड्रिना , अभिसेक र स्वस्तिमाको साथमा दिलिप रायमाझि , निरुता सिं , केकी अधिकारी , प्रियंका कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।

खबर एक्सप्रेस