आज:  | Mon, 18, Mar, 2024

दृश्यम २ सय करोड क्लबमा प्रवेश

२०७९, ११ मंसिर आईतवार २०:३६ मा प्रकाशित ( १ साल अघि) ६३५६ पाठक संख्या

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म दृश्यम २ भारतीय बक्स अफिसमा सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले रिलिजको पहिलो सातामा १०४ करोड ६६ लाख भारु कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेलले भारतीय बक्स अफिसमा शानदार कमाई गर्दै दोस्रो सातामा प्रवेश गरेको छ । बलिउडमा पछिल्ला दिनहरुमा फिल्म लगातार फ्लप भइरहेको अवस्थामा दृश्यम(२ ले नयाँ आशा देखाएको विश्लेषकहरुले विश्लेषण गरेका छन् । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार दृश्यम२ भारतमा ३३०२ स्क्रिनमा रिलिज भएको थियो । यस फिल्ममा अजय देवगन र अक्षय खन्नाको प्रमुख भूमिका रहेको छ भने यस फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका हुन् ।

खबर एक्सप्रेस