आज:  | Tue, 19, Mar, 2024

आमनिर्वाचन २०७९ मा राप्रपाले मार्यो फड्को

२०७९, ११ मंसिर आईतवार १९:१६ मा प्रकाशित ( १ साल अघि) ७७२० पाठक संख्या

काठमाडौं । आमनिर्वाचन २०७९ मा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन । तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको सबै मतरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसदमा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् ।

केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छै्रन भने सिट बाँँडफाँट पनि गरिएको छैन । तर, हालसम्म सार्वजनिक मतपरिणाामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने प्रत्यक्षतर्फको मतपरिणाामअनुसार उसका संघीय संसदमा सात जना र प्रदेशसभा ११ जनाले उपस्थिति जनाउने भएका छन् । यसअघि २०७४ सालमा राप्रपाबाट संघीय संसदमा राजेन्द्र लिङ्देन र प्रदेशसभामा प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिना गुरुङ र रिता माझी र कणालीमा सोशीला शाही मात्र उपस्थिति थियो । तर, यसपटक संघ र प्रदेश दुवैमा राप्रपाले सुधार गर्दै फड्को मारेको हो ।

राजेन्द्र लिङदेन, दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा। धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसदमा सहभागी हुने भएका छन् । यसैगरी, झापा १ खबाट सबिना बजगाइँ, झापा ४ख भक्तिप्रसाद सिटौला, चितवन ३ क ज्ञानुजंग लामा, धादिङ २ ख डम्बर तामाङ, काठमाडौं २ क र ख क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ क राजेन्द्र प्रजापती, काठमाडौं ८ ख उद्धव थापा, काठमाडौं ९ क नुरज बज्राचार्य, रुपन्देही १क आशिषकुमार चौधरी र कपिलवस्तु ३खबाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् ।

समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँट भएपछि यो संख्या भने बढ्नेछ। राप्रपामा राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि यो पार्टीले निकै फड्को मारेको हो ।

खबर एक्सप्रेस