आज:  | Tue, 19, Mar, 2024

जापान विश्वकप फुबटलको दोस्रो खेलमा कोस्टारिकासँग पराजित

२०७९, ११ मंसिर आईतवार १८:३९ मा प्रकाशित ( १ साल अघि) ५९८४ पाठक संख्या

काठमाडौं, मङ्सिर ११ गते । एसियाली देश जापान कतारमा जारी फिफा विश्वकप फुबटलको दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत अहमद विन अली स्टेडियममा आइतबार भएको खेलमा जापान कोस्टारिकासँग १–० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन केसर फुलर स्पेन्सेले निर्णायक गोल गर्नुभयो । केसरले ८१औं मिनेटमा यल्टसिन तेजेडाको पामसा गोल गर्नुभएको थियो । पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको जापान दोस्रो हाफको अन्तिममा सम्हालिन नसक्दा हार खेप्न बाध्य भयो । पहिलो जितसँगै दुई खेलबाट तीन अङ्क बनाएको कोस्टारिका तेस्रो स्थानमा छ । समान तीन अङ्क बनाएको जापान दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको स्पेनको एक खेलबाट तीन अङ्क छ । अन्तिममा रहेको जर्मनी अङ्कविहीन छ । आजै समूहको शीर्षस्थानमा रहेको स्पेन र जर्मनीबीच आजै ९आइतबार० राति १२स्४५ बजे प्रतिस्पर्धा हुनेछ । एजेन्सी

खबर एक्सप्रेस