आज:  | Tue, 12, Mar, 2024

विश्वकप फुटबलमा स्वीजरल्याण्डले विजयी शुरुवात

२०७९, ८ मंसिर बिहीबार २०:५३ मा प्रकाशित ( १ साल अघि) ५७०५ पाठक संख्या

काठमाडौँ । विश्वकप फुटबलमा स्वीजरल्याण्डले विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा स्वीजरल्याण्डले क्यामरुनलाई १(० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । स्वीजरल्याण्डको जितमा खेलको ४८औं मिनेटमा ब्रील एम्बोलोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । क्यामरुनमाइ जन्मिएर अहिले स्वीजरल्याण्डका लागि खेल्न ब्रीलले आफ्नो जन्मदेशविरुद्ध गोल गरेपछि सेलिब्रेसन गरेका थिएनन् । विश्वकपमा समुह जी मा रहेको स्वीजरल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस समुहमा ब्राजिल र सर्बिया पनि छन् ।

खबर एक्सप्रेस