आज:  | Mon, 18, Mar, 2024

समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा

२०७९, ८ मंसिर बिहीबार २०:०५ मा प्रकाशित ( १ साल अघि) ४१५५ पाठक संख्या

काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ७ लाख २४ हजार ३८ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ६ लाख ८९ हजार ७६० मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म ३ लाख ४३ हजार ९५४ मत प्राप्त गरेर तेस्रो स्थानमा छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ लाख १९ हजार ५३२ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म एक लाख ८६ हजार ५०६ मत प्राप्त गरेको छ भने जसपाले ९६ हजार ५३८ मत प्राप्त गरेको छ । त्यसैगरी जनमत पार्टीले ५५ हजार ३६७ मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले ५३ हजार ८०५ मत प्राप्त गरेकोछ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले ५२ हजार ५५५, एकीकृत समाजवादी पार्टीले ४८ हजार १३६ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ । त्यस्तै लोसपाले ३७ हजार ५९८, हाम्रो नेपाली पार्टीले २५ हजार २३९, राष्ट्रिय जनमोर्चाले १९ हजार ४०७ मत प्राप्त गरेको छ ।

खबर एक्सप्रेस