आज:  | Tue, 19, Mar, 2024

आज राति १२ बजेदेखि स्थिर समय सुरु

२०७९, १ मंसिर बिहीबार ०६:१८ मा प्रकाशित ( १ साल अघि) ३६२८ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते अर्थात आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

खबर एक्सप्रेस