आज:  | Fri, 22, Mar, 2024

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप पक्राउ

२०७९, २० आश्विन बिहीबार १९:३७ मा प्रकाशित ( १ साल अघि) ७२८६ पाठक संख्या

काठमाडौं, असोज २० गते । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको थियो । सिनामंगलबाट सन्दीपलाई पुनः प्रहरी वृत्त गौशाला लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्दीपलाई आइतबार अदालत उपस्थित गराइनेछ । शुक्रबारसम्म दशैंको बिदा र शनिबार सार्वजनिक बिदा परेका कारण अदालत बन्द हुने भएकोले आइतबार अदालत खुलेपछि म्याद थपका लागि सन्दीपलाई उपस्थित गराइने बताइएको छ ।

राष्ट्रिय टोलीको कप्तानका रूपमा भदौ ६ गते केन्यामा क्रिकेट सिरिज खेल्न जानुभएका सन्दीप झण्डै डेढ महिनापछि बलात्कार आरोपीका रूपमा बिहीबार स्वदेश पर्किएका थिए ।

 

खबर एक्सप्रेस