आज:  | Sun, 14, Apr, 2024

विश्व पर्यटन दिवसमा कन्याममा फोटो प्रतियोगिता

२०७९, ११ आश्विन मंगलवार २२:३३ मा प्रकाशित ( १ साल अघि) ८०३० पाठक संख्या

विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।
पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता गरेको थियो । २८ जना फोटोग्राफरले भाग लिएको उक्त प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

खबर एक्सप्रेस