आज:  | Sat, 20, Apr, 2024

प्रेमगीत३ ले तिनदिनमा कमायो भारु.११करोड १८लाख ग्रसको

२०७९, १० आश्विन सोमबार २१:१७ मा प्रकाशित ( १ साल अघि) ६२३२ पाठक संख्या

काठमाडौं, असोज १० गते । नेपाली चलचित्र प्रेमगीत३ ले नेपाल सहित विश्व बजारमा चर्चासँगै ब्याबसायिक सफलता पनि पाउदै आएको छ । नेपालमा चलचित्र बिकास बोर्डका कारण हिन्दी भाषाको चलचित्र प्रर्दशन गर्न केही ढिला हुदा भने नेपालको ब्यापारमा केही बाधा भएको निर्माण पक्षको बुझाई रहेको छ । चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ । प्रेमगीत३ का निर्माण पक्षका अनुसार प्रेमगीत ३ले नेपालमा पहिलो दिन शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ र तेस्रो दिन एक करोड ५२ लाख असी हजार रुपियाँको ब्यापार गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत३ को हिन्दी र नेपाली संस्करणले शुक्रबार भारु. एक करोड १२ लाख, शनिबार भारु. ८३ लाख र आईतबार भारु. ६४ लाख ९० हजार कमाएको छ ।
बिश्व बजारमा प्रेमगीत ३ चलचित्रले शुक्रबार भारु. ४ करोड ८४ लाख, शनीबार भारु. ३ करोड ४२ लाख र आईतबार २ करोड ३९ लाख ७ हजार गरी जम्मा भारु. ११ करोड १८ लाख ग्रसको ब्यापार गरेको छ । भारतमा प्रेमगीत ३ ले दर्शकहरुबाट र मिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

खबर एक्सप्रेस