आज:  | Thu, 28, Mar, 2024

भारतीय सेनाका प्रमुख जनरल आज नेपाल आउँदै

२०७९, १९ भाद्र आईतवार ०९:१९ मा प्रकाशित ( १ साल अघि) ५६४३ पाठक संख्या

१९ भदौ, काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ ।

खबर एक्सप्रेस