आज:  | Fri, 19, Apr, 2024

२६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०७९, १६ भाद्र बिहीबार २०:५२ मा प्रकाशित ( १ साल अघि) ५९२२ पाठक संख्या

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३५५७ जनामा परीक्षण गर्दा २६९जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । १७३२ नमुनाको पीसीआर परीक्षण गर्दा १८० जनामा र १८२५ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार दुई जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस