आज:  | Mon, 15, Apr, 2024

‘राधा’ मंगलबारबाटै देशभरका हलबाट उतारियो

२०७९, १४ भाद्र मंगलवार १९:४१ मा प्रकाशित ( १ साल अघि) ८२४७ पाठक संख्या

फिल्म ‘राधा’ निर्माण टिमले आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको छ । ‘राधा’ फिल्मका निर्माताले हलवालाहरुले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै प्रदर्शनबाट उतार्ने घोषणा गरेका हुन् । भदौ १० गतेदेखि प्रदर्शनमा आएको ‘राधा’ मंगलबारबाटै देशभरका हलबाट उतारिएको छ ।
निर्मात्री देवकी विष्टले पत्रकार सम्मेलनमा भनिन्, ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । शो दिइए पनि दर्शकको लागि अनुकूल समय रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं।’ प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएको उनले बताईन ।

खबर एक्सप्रेस