आज:  | Sat, 20, Apr, 2024

छड्के २ मा अनमोल केसीको लुक्स सार्वजनिक

२०७९, ११ भाद्र शनिबार २२:३१ मा प्रकाशित ( १ साल अघि) ४८९९ पाठक संख्या

काठमाडौं । फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । २.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ ।फिल्ममा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

खबर एक्सप्रेस