आज:  | Thu, 29, Sep, 2022

राजु श्रीवास्तव अवस्था स्थिर : श्रीमती शिखा श्रीवास्तव

२०७९, ३ भाद्र शुक्रबार १०:०७ मा प्रकाशित ( १ महिना अघि) ३२८७ पाठक संख्या

एजेन्सी  हास्यकलाकार राजु श्रीवास्तवकी श्रीमती शिखा श्रीवास्तवले श्रीमानको अवस्था स्थिर रहेको र चिकित्सकहरूले उनको उपचारका लागि सक्दो प्रयास गरिरहेको बताएकी छिन्। शिखा श्रीवास्तवले आफ्ना श्रीमान् लडाकु रहेको र हामी सबैको बीचमा फर्किने पनि बताइन्। उनले भनिन्, ‘उनको अवस्था स्थिर छ। डाक्टरहरूले उनको राम्रोसँग उपचार गरिरहेका छन्। राजुजी एक लडाकु हुनुहुन्छ र उहाँ हामी सबैको बीचमा फर्कनुहुनेछ। हामीलाई तपाईंको प्रार्थना र शुभकामना चाहिन्छ।’ शिखा श्रीवास्तवले जनतालाई अफवाह नफैलाउन अपिल पनि गरेकी छिन्। यसले आफ्नो मनोबलमा असर पर्ने उनको भनाइ छ।

‘मेरो विनम्र अनुरोध कृपया अफवाहहरू नफैलाउनुहोस्। यसले हाम्रो मनोबललाई असर गर्छ। हामी नकारात्मक ऊर्जा चाहँदैनौँ, हामी सकारात्मकता चाहन्छौँ। कृपया उहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुहोस् र उहाँ छिट्टै फर्कनुहुनेछ।डाक्टरहरूले सम्भव सबै प्रयास गरिरहेका छन्। अनि राजुजीले साथ दिइरहेका छन्, लडिरहेका छन्। त्यसैले नकारात्मकता नफैलाउनुहोस्’, उनले भनिन्।
यसै क्रममा समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार नगण्य रहेको र उनी अझै अचेत अवस्थामा रहेको बताएको छ। राजु श्रीवास्तवलाई अगस्ट १० मा हृदयघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।

 

खबर एक्सप्रेस