आज:  | Thu, 28, Mar, 2024

‘फापरको रोटी’ फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत रिलिज

२०७९, ३१ श्रावण मंगलवार २१:०२ मा प्रकाशित ( १ साल अघि) ११४०९ पाठक संख्या

काठमाडौं, साउन ३१ गते । सुष्मा कार्की अभिनित नयाँ गीत रिलिज भएको छ । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’मा सुष्मा र अभिनेता यशराज गराच फिचर्ड छन् ।
गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि देख्न सकिन्छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीत ‘फापरको रोटी’मा बास्कोटासहित रवि ओड र टीका प्रसाईंको स्वर रहेको छ । गीतका लेखेक दयाराम पाण्डे हुनुहुन्छ । फिल्मको निर्देशन रञ्जित रौनियारले गर्नुभएको हो ।

खबर एक्सप्रेस