आज:  | Tue, 16, Apr, 2024

अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त

२०७९, २७ श्रावण शुक्रबार २२:३४ मा प्रकाशित ( १ साल अघि) ५६७४ पाठक संख्या

काठमाडौँ – अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो। यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए।

खबर एक्सप्रेस