आज:  | Thu, 25, Apr, 2024

महाबु एक औलोकिक स्थल

२०७९, २७ श्रावण शुक्रबार १३:०३ मा प्रकाशित ( १ साल अघि) १४०७५ पाठक संख्या

कालीकोट र दैलेखको सीमानामा पर्ने पर्यटकिय तथा धार्मिक स्थलको रुपमा चर्चित महाबुको लेक दैलेखको सबैभन्दा उच्च स्थानमा रहेको पहाड़ हो । समुन्द्री सतहबाट ४ हजार एक सय ६८ मिटरको उचाइमा रहेको छ । महाबु लेक पहिला(पहिला यातायात सञ्चालन नहुँदा सुर्खेतबाट जुम्ला जाने मार्गको सबैभन्दा उच्च स्थानमा रहेको निकै कठिन गन्तव्य रहेको थियो यो स्थानलाई निकै कठिन स्थान मानिन्थ्यो । अहिले सडक यातायातको ब्यबस्था भएपछि मानिसहरुलाई आवतजावत गर्न सजिलो भएको छ ।

महाबुको लेकबाट अपी एवं सैपाल हिमालको मनोरम दृश्य मात्र नभएर मौसम सफा भएका बेला बर्दियाका फाँटहरुसमेत हेर्न सकिन्छ । महाबुको लेकमा महादेबको मन्दिरसमेत रहेको छ । महाबुको लेकमा जनै पुणिर्माको समयमा ठुलो मेला लाग्ने गर्दछ । मेलामा भारतबाट नेपालका बिभिन्न भागबाट जुम्ला, कालीकोट, दैलेख, सुर्खेत र बाँकेका धेरै भक्तजनहरु मेलामा आउने गर्दछन् । महाबुको लेकमा अवस्थित महादेवको दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । यो क्षेत्र पर्यटकिय हिसाबले निकै महत्वपूर्ण रहेको छ ।

 

 

 

 

 

 

 

 

 

खबर एक्सप्रेस