आज:  | Fri, 29, Mar, 2024

डिजे सन्तोषको नयाँ गीत जालेरुमाल पावलाको निर्देशनमा तयार

२०७९, २३ श्रावण सोमबार २३:५४ मा प्रकाशित ( १ साल अघि) १२०६० पाठक संख्या

लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पावला) ले गरेकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए । नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका थिए ।

कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।

खबर एक्सप्रेस