आज:  | Wed, 27, Mar, 2024

नेप्से ६.७१ अङ्कले गिरावट

२०७९, १८ श्रावण बुधबार १८:५९ मा प्रकाशित ( १ साल अघि) ८१२३ पाठक संख्या

काठमाडौं, साउन १८ गते । शेयरबजार परिसूचक नेप्से बुधवार ६.७१ अङ्कले गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मङ्गलबारदेखि सामान्य करेक्शन आएको हो । आज नेप्से सूचक ६.७१ अङ्कले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अङ्कले घटेको छ । फ्लोटइण्डेक्स ०.९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अङ्कले घटेको छ ।

कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर चार अर्ब दुई करोड ९९ लाख ३१ हजार ४३९ रुपियाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकममा भने केही सुधार देखिएको छ मङ्गलबार तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

 

खबर एक्सप्रेस