आज:  | Mon, 15, Apr, 2024

प्रदीप खडकाले भेटे गण्डकी प्रदेश मन्त्री

२०७९, १२ श्रावण बिहीबार २३:१३ मा प्रकाशित ( १ साल अघि) ८४०२ पाठक संख्या

काठमाडौं । प्रेमगीत ३ का अभिनेता प्रदीप खडकाले आज गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापासँग भेट गरेका छन । आगामी असोज ७ गते प्रदर्शन आउन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’को बारे छलफल भएको अभिनेता प्रदीप खड़काले बताए । भेटपछि प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले यही प्रदेशमा छायांकन भएको यो फ़िल्मलाई प्रदेश सरकारले सपोर्ट् गर्ने बताएका।
मन्त्रीले आफ्नो सामाजिक सञ्जाल फ़ेसबुकमा लेख्दै भनेका छन
“विश्वका अन्य देशका सिनेमाको स्वाद नेपाली दर्शकले लिइरहेको परिप्रेक्ष्यमा हाम्रा सिनेमाहरु समेत विभिन्न भाषामा डबिङ भई विश्व बजारमा पुग्नु निश्चय नै खुशीको कुरा हो । गण्डकी प्रदेशको मनाङ जिल्लामा छायाँकन भएको चलचित्र ‘प्रेम गीत ३’ असोज ७ गतेबाट प्रदर्शनमा आउन लागेको र विभिन्न भाषामा डबिङ्ग गरी विश्वभर नै एकैसाथ एक हजार भन्दा बढी हलहरुमा प्रदर्शन हुने जानकारी पाउँदा अत्यन्तै खुशी लागेको छ । उक्त चलचित्र मार्फत गण्डकी प्रदेशको पर्यटकीय विविधता विश्वभरका दर्शकसामु पुगी सिनेमा मार्फत यहाँको पर्यटनको उल्लेखीय विकास हुने कुरामा आशावादी छौं, चलचित्रलाई सफलताको शुभकामना ।
साथै, प्रदेशको पर्यटकीय विविधतालाई फिल्मले देश विदेशमा झल्काउने आशा सरकारले लिएको पनि उल्लेख गरेका छन् । ‘विश्वका अन्य फिल्मको स्वाद नेपाली दर्शकले लिइराखेको परिप्रेक्ष्यमा हाम्रा फिल्म समेत विभिन्न भाषामा डबिङ भई विश्व बजारमा पुग्नु खुसीको कुरा हो,’ उनले भनेका छन् । प्रेमगीत ३ नेपाल र भारतमा एकसाथ प्रर्दशनमा आउदै छ । भारतमा भने विश्वजितमको नामबाट रिलिज गर्ने तयारी भैरहेको छ ।

खबर एक्सप्रेस