आज:  | Fri, 29, Mar, 2024

कोरोना पहिलो पटक भेटिएको वुहानमा फेरि लकडाउन

२०७९, १२ श्रावण बिहीबार १०:३४ मा प्रकाशित ( १ साल अघि) ९०८४ पाठक संख्या

कोरोनाभाइरस पहिलो पटक उत्पति भएको चीनको वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।
चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षण गर्दा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो । त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिए लगत्तै लकडाउन गरिएको थियो ।

खबर एक्सप्रेस