आज:  | Fri, 19, Apr, 2024

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

२०७९, १२ श्रावण बिहीबार १०:२५ मा प्रकाशित ( १ साल अघि) ५६४३ पाठक संख्या

काठमाडौं। श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन्।

उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बने  गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन्। गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन्।

खबर एक्सप्रेस