आज:  | Fri, 29, Mar, 2024

सफाइको आज ४८०औ हप्ता

२०७९, ७ श्रावण शनिबार २२:४८ मा प्रकाशित ( १ साल अघि) १००७६ पाठक संख्या

रास्ट्रको लागी हप्ताको २ घण्टा स्वयंसेवा भन्ने मुलमन्त्रका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानले आज ४८०औ हप्ता पुरा गरेको छ । आज काठमाडौंको वानेश्वर स्थित बहुमुखी क्याम्पस वाग्मती पुलमा अभियान संचालन गरिएको थियो ।
अभियानले केही हप्तादेखी नागरिकमा जनचेतनामुलक अभियान संचालन गर्दै आएको छ । आज ३ समुह बनाई घरदैलो जनचेतनामुलक कार्य गरिएको थियो । भने बाँकी अभियन्ताले नदी किनाराको फोहर ब्यबस्थापन गरेका थिए ।

टोलि न १ नागरिक समाज संजालका अध्यक्ष मोहन पराजुली वडा न ३२ सदस्य भगवान बुढाथोकिको नेतृत्वमा वाजुराम गिरि, नरेश श्रेष्ठ , सुमेश पराजुली टोल विकास समितिका अध्यक्ष कृष्ण ढुङ्गेल, शंकर आचार्य, लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ गौतम बुद्ध , लियो क्लब अफ सिद्धार्थ गौतम बुद्ध , स्थानीय वासी, अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास आयोजनाका कर्मचारीहरु र वाग्मती अभियन्ता जथाभावी पफोहोर गर्नेलाई महानगर।पाकिलाले १००० रुपैया जरिवाना गराइएको छ ।

टोलि न २ सदस्य उमा गौतम , विदुर उप्रेती , वाग्मती अभियन्ता डा माला खरेल , अधिकार सम्पन्न वाग्मती समितीका कर्मचारीहरु, अभियन्ता, स्थानीयबासी ,अन्य संघ संस्थाका टोल न ३  अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीहरु , वाग्मती अभियन्ताहरुद्वारा नदि र किनाराका फोहर व्यवस्थापन गरिएको थियो । अभियानमा सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती समितीका अध्यक्ष उद्दव तिमिल्सिना, अभियन्ता लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितीका प्रमुख नवराज प्याकुरेल वडा सदस्य एव लायन्स क्लब , अधिकार सम्पन्न वाग्मती समितीका कर्मचारीहरु , वाग्मती फोहर उन्मुलन उपभोक्ता समिती , का मा न पा वातावरण विभाग टेकु , स्थानीयबासी , नागरिक समाज संजाल , एव वाग्मती अभियन्ताद्वारा ३ मे टन फोहर व्यवस्थापन भएको छ ।

 

 

 

खबर एक्सप्रेस