आज:  | Fri, 19, Apr, 2024

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

२०७९, १ श्रावण आईतवार २२:१३ मा प्रकाशित ( १ साल अघि) ९१४६ पाठक संख्या

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले १ सय २९ रनको लक्ष्य दिएकोमा स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारीले १३ रनको योगदान दिए । जितसँगै स्कटल्यान्डले २३ खेलबाट ३४ अंक जोडेको छ । नेपाल लिग टू को अंक तालिकामा २० खेलमा १७ अंक जोडेर छैटौं स्थानमा छ ।

खबर एक्सप्रेस