आज:  | Sat, 23, Mar, 2024

मेयर बालेनले अभियन्तालाई बोलाएर भने जथाभावी फोहर फाल्नेलाई कडा कार्बाही गर्छु

२०७९, १ श्रावण आईतवार २२:०४ मा प्रकाशित ( १ साल अघि) ५३०२ पाठक संख्या

काठमाडौँ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखी कुहिने र नकुहिने फोहरलाई बर्गिकरण गर्न महानगरबासीलाई अपील गरेकै दिन मेयर बालेन शाहले नेपालको सबैभन्दा ठुलो र लामो बाग्मती सफाई महाअभियानका कोरटिमलाई बोलाएर बिचार बिमर्श गरेका छन् । उनले अभियन्ताका बिभिन्न बिचार गहन रुपमा सुनेका थिए । उनले अभियन्तालाई भने अब जनचेतना मात्र जगाएर हुदैन । जथाभावी फोहर फाल्नेलाई कार्बाहीको दायरमा ल्याउनुपर्ने समेत बताए । फोहोर ब्यबस्थापन कै लागी महानगरले एक अरब बजेट बिनियोजन गरेको बताउदै सबै मिलेर फोहोर ब्यबस्थापन गरौ भनी अपील गरे । उनले भने अब नदी किनारामा जथाभावी टहरा बनाउनेको सुचना महानगरमा दिन भन्दै त्यस्ता गतिबिधिलाई तुरुन्त निस्कृय पार्ने बताए । राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । यसलाई ब्यबस्थापन गर्न चुनौती भएपनि आफू लागी पर्ने बताउदै सबैलाई सहयोग गर्न अपील समेत गरे ।

अब काठमाडौँ महानगरपालिकाले बिशेष गरी मेयर बालेन्द्र शाहको योजना मुताविक साउन १ गते उपत्यकाको फोहर स्रोत (घरघर) बाटै कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन कार्यको शुरुआत गरेको छ । कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरिएको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ । व्यक्तिले घरमै फोहर नछुट्याए प्रत्यक पटक ५०० रुपियाँ जरिवाना लगाइने नीति समेत महानगरले लिएको छ । त्यसरी उठेको फोहर, कहाँरकसरी व्यवस्थापन गर्ने, कुहिनेलाई कहाँ राख्ने रु नकुहिनेलाई कहाँ राख्ने रु त्यस विषयका अन्योलताहरु कायमै छ ।
यसलाई कार्यान्वयन गर्न सके पयिरणाम आउने आशा लिईएको छ । अभियन्ताका तर्फबाट महाअभियानका परिकल्पनाकार अभियन्ता डा. राजु अधिकारीले नागरीकको तर्फबाट थालिएको अभियानको नेतृत्व लिन मेयर बालेन शाहलाई प्रस्ताब गर्नु भयो । सो प्रस्ताबलाई आफूले यसबारे बिचार गरी सहकार्य गर्दै अघि बढने बताए । अभियन्ताबाट अब हरेक हप्ताको अभियानमा नगरप्रहरी परिचालन गरी कार्बाही गर्ने सिस्टमलाई कडाईका साथ लागु गर्ने निति अबलमबन गर्न समेत मेयर शाहलाई अनु्रोध गरेका थिए ।

खबर एक्सप्रेस