आज:  | Fri, 29, Mar, 2024

साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

२०७९, २७ असार सोमबार ०८:२८ मा प्रकाशित ( १ साल अघि) ६४४९ पाठक संख्या

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

 

खबर एक्सप्रेस