आज:  | Sat, 20, Apr, 2024

रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली रोहीत चन्द

२०७९, १९ असार आईतवार २१:५२ मा प्रकाशित ( १ साल अघि) ९९८३ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् ।
आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले जादु हेर्दै आएका रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए । हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका रोहितले गत साता रोनाडिन्हो सम्मिलित टिमसँग ‘ट्रोफियो रोनाल्डिन्हो’ नामको मैत्रीपूर्ण खेल खेलेका थिए । ‘रोनाल्डिन्होसँग खेल्न मैदानमा उत्रन पाउनु अद्भुत अनुभव थियो,’ रोहितले लेखेका छन् । ‘मैले कहिल्यै यो हुनेछ भन्ने सोचेको थिइन । मेरा लागि, जसले सानैदेखि रोनाल्डिन्होको जादु हेर्दै आएको थिए । उसैसँग खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्यशाली कुरा हो ।’
उक्त खेलमा नेपाली टिमका मिडफिल्डर रोहित पनि केडेरीबाट पहिलो रोजाईमा रोनाल्डिन्होको टिम रेन्स नुसनतारासँग खेलेका थिए । खेलमा रोहितको टिम पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो ।

खबर एक्सप्रेस