आज:  | Thu, 30, Jun, 2022

फिल्म ‘दोख’को शीर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिक

२०७९, ३ असार शुक्रबार १८:२७ मा प्रकाशित ( १ हफ्ता अघि) ६८३ पाठक संख्या

फिल्म ‘दोख’को शीर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिकगरिएको छ ।अनुप बरालको निर्देशनमा तयार भएको फिल्मको शीर्ष गीत शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । ‘वन चरी उड्यो’ गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले गाएको यो फिल्मको पहिलो गीत हो 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक गुरुङले भने, ‘फिल्ममा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ गीतले फिल्मको आवरण बोलेको छ । फिल्मका अधिकांश कलाकारहरुलाई गीतमा प्रस्तुत गरिएको छ । कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । लाइभ रेकर्डिङको प्रचलन करिवकरिव हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिइएको छ । सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा राजन कठेतले लेखेका हुन् ।

माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी फिल्मका निर्माता हुन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् ।

 

खबर एक्सप्रेस