आज:  | Thu, 30, Jun, 2022

अभियन्ता जुटे समुन्द्री तट सफाई अभियानमा

२०७९, ३१ जेष्ठ मंगलवार ११:३८ मा प्रकाशित ( २ हफ्ता अघि) १२४१ पाठक संख्या

सामाजिक अभियन्ता एव नेपाली चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्दले मुम्बईको भर्सेवा स्थित समुन्द्री तटको सफाई अभियान गर्नुभएको छ । मुम्बई महानगरपालिका र समुन्द्र बचाउ अभियानका अभियन्तासँगको सहकार्यमा आज एक घण्टा सो अभियान गरिएको मुम्बईबाट सो कुरा बताउनु भयो । बाग्मती सफाई महाअभियानका सक्रिय अभियन्ता चन्द हाल बहुचर्चित नेपाली फिल्म प्रेमगीत ३ भारत र विश्वभर रिलीज़ गर्ने ब्यबस्थापनका लागी टीम सहित केही हप्तादेखी मुम्बई हुनुहुन्छ । जहाँ गएपनी समय ब्यबस्थापन गरी पृथ्वी बचाऊने अभियान सफाई अभियान वृक्षारोपण अभियानलाई निरन्तरता दिदै आऊनु भएका चन्दले नेपालमा मेचिमहाकाली सफाई अभियान समेत संचालन गर्नु भएको छ । यो अभियान देशभरका ६५ भन्दा बढी स्थानमा सम्पन्न भएको र दर्जन बढी स्थानमा अभियान चलीरहेको छ् ।

हरेक पटक मुम्बई आउदा समुन्द्री तट सफाइ अभियान गर्दै आउनु भएका चन्द अब यही अवस्था रहे मानव कै कारण मानविय जीवनयापनमा ठुलो समश्या आउने बताउनु हुन्छ । अहिले विश्वको स्थिती भयाभव छ् जताततै प्लाष्ट्रिकजन्य पदार्थले भरिएको छ् समुन्द्रहरु फोहर हुँदै गैरहेको छ् । जस्का कारण यहाँ पाइने जिवहरु माछा दिनहु मरिरहेका छन समुन्दी किनारा प्लाष्ट्रिकजन्य पदार्थले भरिएको अवस्था छ् मानिसले जथाभावी फोहर पलास्टिकजन्य पदार्थ फाल्ने गरेकोले यस्तो अवस्था आएको हो अबपनी यो कार्य बढदै गय मानबिय संकट आउनेमा दुईमत छैन हाम्रो नदीनाला संकटमा छन हुँदाहुँदा समुन्द्री किनारा समेत् ठुलो चपेटामा परे ! अहिले जलबायु परिवर्तनका कारण समुन्द्रको तापक्रम बढ़ीरहेको छ पृथ्वी तातीरहेको अवस्था छ् पानी पर्ने समयमा गर्मी हुने गर्मीको सीज़नमा पानी पर्ने हिमालमा हिउ कमी भईरहेको छ यो सबै कारण जलबायु परिवर्तनले गर्दा नै हो । अब मानिसले आफ्नो जीवनयापन गर्ने तरीक़ामा परिवर्तन ल्याउन जरुरी छ । नभय ठुलो संकट आऊने छ । प्लाष्ट्रिकजन्य पदार्थको प्रयोग कम गर्ने अभियान थाल्नु पर्ने वहाँको भनाइ रहदै आएको छ । आफु जहाँ गयपनी जनचेतनाका लागि सफाइ अभियान गर्ने यो प्रेरणा बाग्मति सफाइ अभियानबाट पाएको बताउनु भयो ।

 

खबर एक्सप्रेस