आज:  | Thu, 30, Jun, 2022

उपभोक्ता समिती र योजना सम्झौता रद्द गर्न निबेदन

२०७९, २९ जेष्ठ आईतवार २३:१० मा प्रकाशित ( २ हफ्ता अघि) ४६२० पाठक संख्या

दैलेखको भगवतीमाई गा.पा. वार्ड न ७ अन्तर्गतको बिनयोजित बजेट रु ३० लाख कट्टी खोला देखि खाली डाडा सडक स्तर उन्नति लागि गठन भएको उपभोक्ता समिती र योजना सम्झौता रद्द गर्न निबेदन परेको छ ।

भौतिक पुर्वाधार कार्यालय दैलेख आ.व २०७८/८९ भगवतीमाई गा.पा. वार्ड न ७ अन्तर्गतको बिनयोजित बजेट रु ३० लाख कट्टी खोला देखि खाली डाडा सडक स्तर उन्नति लागि छुट्टाईएको बजेट,बिना टेण्डर,बिना सूचना सिमित ब्यक्तिको मिलेमतोमा अगाडीको (back date) मितिमा निवर्तमान वार्ड अध्यक्षको रोवरमा उपभोक्त समिती गठन गरि निवर्तमान अध्यक्ष कै सिफारिसमा भौतिक पुर्वाधार कार्यालय दैलेखले सम्झौता गरेको हुनाले उत्त उपभोक्त समिती र सम्झौता  असैबधानिक भएको हुँदा उक्त उपभोक्ता समिती र योजना सम्झौता रद्द गरिदिनु हुन सम्बन्धि निकाय सबैलाई अनुरोध छौ भनि निबेदन सम्बन्धित कार्यालयमा दिएको स्थानीय शिशिर शाहीले बताए ।

निबेदन

खबर एक्सप्रेस