आज:  | Thu, 30, Jun, 2022

अभिनेता पुष्प सहित हिमेशले रोपे बिरुवा दिए अभियन्ताले साथ

२०७९, २२ जेष्ठ आईतवार १६:४८ मा प्रकाशित ( ३ हफ्ता अघि) १२१० पाठक संख्या

५ जुन का दिन प्रकृतिसँग सदभाव र दिगो जीवन भन्ने नाराका साथ विश्व वातावरण दिवस आज देशका बिभिन्न क्षेत्रमा बृक्षारोपण गरी विश्व वातावरण दिवस सम्पन्न भएको छ । यही अवसरमा साउथ एशियन टिम नामक संगठनले सार्क देश स्तरिय बृक्षारोपण कार्यक्रमको आयोजना गरी मनाउदै छ । भने नेपालमा मेचीमहाकाली सफाइ अभियान लगाएत बिभिन्न स्थानिय संस्थाहरुको सहभागीतामा सम्पन्न भएको छ । यही बिच आज शंखमुलको सत्य साईराम पार्कको बाग्मती नदी किनारामा स्याऊ एबोकाडो, कपुर फूलका बिभिन्न प्रजाती लगाएतका बिरुवा रोपिएका छन् । यस कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अभिनेता पुष्प खड्का कमेडीयन हिमेश पन्त लगाएको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै अभिनेता खड्काले एक रुख काटेपछि दश रुख रोप्नुपर्ने अपील समेत गरेका थिए । अब यूवा पिढीले वातावरण संरक्षणमा योगदान दिन जरुरी रहेको बताए । कार्यक्रममा कमेडियन हिमेश पंतले गुण्डा हरुलाई रुखमा झुण्डा भन्ने प्रचलन छ । यही रुख भएन भने कहाँ झुण्डाउने भन्दै ब्यग्य प्रहार गरेका थिए । हरेकले वाताबरण संरक्षणमा लाग्नुपर्ने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार र वडा नं ९ का सदस्य टेकराज अधिकारी लगाएत बाग्मती सफाई अभियानका अभियन्ताहरुको सहभागीता रहेको थियो ।


भने साउथ एशियन टिम (क्ब्त्) ले हरेक बर्ष विश्व वातावरण दिवसलाई बृक्षारोपण गरी मनाउदै आएको छ । गतबर्ष नेपालले संयोजनको भुमिका गर्दै अभियन्ता चक्र बहादुर चन्दले देशब्यापी कार्यक्रम आयोजना गरेका थिए । भने यो अभियानलाई बर्ष २०२२ को संयोजन भने भारतले गर्दैछ । भारतका समाजसेवी सुमन बस्नेतले बर्ष २०२२ को अभियानको संयोजन गर्दैछन् । बंगलादेश, भुटान,म्यान्मार र नेपालका बिभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम भैरहेको छ ।
वातावरण संरक्षणका लागी वृक्षारोपण, सरसफाई निकै महत्व भएकोले यो जनचेतनामूलक कार्यक्रम समेत भएकोले हामी निकै उत्साही भएर यो कार्यक्रमलाई सफल बनाउन लागी परेको अभियन्ताहरुले बताए । अहिले पृथ्वीमा वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनका समस्याहरु देखा परिरहेका छन् । मानबजातीले समय मै यसबारे सचेत नभए पृथ्वीमा भयाभव स्थिती आउन सक्ने भएकाले यसमा सबैजना सचेत हुनुपर्ने र वातावरण संरक्षणमा अहिलेदेखी नै लाग्नु पर्ने अपील समेत गरेका छन् ।

खबर एक्सप्रेस