आज:  | Thu, 30, Jun, 2022

विश्व वातावरण दिवसमा सार्क देश स्तरिय बृक्षारोपण कार्यक्रम हुने

२०७९, २१ जेष्ठ शनिबार २१:४७ मा प्रकाशित ( ३ हफ्ता अघि) २५४३ पाठक संख्या

५ जुन विश्व वातावरण दिवस यही अवसरमा साउथ एशियन टिम नामक संगठनले सार्क देश स्तरिय बृक्षारोपण कार्यक्रमको आयोजना गरी मनाउदै छ । यो टिमले हरेक बर्ष विश्व वातावरण दिवसलाई बृक्षारोपण गरी मनाउदै आएको छ । गतबर्ष नेपालले संयोजन गरेको यो अभियानलाई बर्ष २०२२ को संयोजन भने भारतले गर्दैछ । भारतका समाजसेवी सुमन बस्नेतले बर्ष २०२२ को अभियानको संयोजन गर्दैछन् । बंगलादेश, भुटान,म्यान्मार र नेपालका बिभिन्न स्थानमा वृक्षारोपण गर्ने गरी टिमले तयारी गरेको छ । भारतमा भने ७५ बर्ष आजादीको अमृत महोत्सवका नामबाट कालिम्पोड. सेवा फाउण्डेशनको संयोजनमा बिभिन्न स्थानिय संघसंस्थाको सहभागीतामा बिभिन्न क्षेत्रमा कार्यक्रम सम्पन्न हुदैछ । भने नेपाल लगाएतका देशमा बिभिन्न संस्थाको संयोजनमा कार्यक्रम सम्पन्न हुने बर्ष २०२२ का संयोजक सुमन बस्नेतले बताएका छन् ।


वातावरण संरक्षणका लागी वृक्षारोपण, सरसफाई निकै महत्व भएकोले यो जनचेतनामूलक कार्यक्रम समेत भएकोले हामी निकै उत्साही भएर यो कार्यक्रमलाई सफल बनाउन लागी परेको संयोजक सुमन बस्नेतले बताए । अहिले पृथ्वीमा वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनका समस्याहरु देखा परिरहेका छन् । मानबजातीले समय मै यसबारे सचेत नभए पृथ्वीमा भयाभव स्थिती आउन सक्ने भएकाले यसमा सबैजना सचेत हुनुपर्ने र वातावरण संरक्षणमा अहिलेदेखी नै लाग्नु पर्ने अपील गरेका छन् । ।’

खबर एक्सप्रेस