आज:  | Thu, 30, Jun, 2022

शाहरुखको आगामी फिल्म जवानको टिजर सार्वजनिक

२०७९, २१ जेष्ठ शनिबार २१:२० मा प्रकाशित ( ३ हफ्ता अघि) १७०६ पाठक संख्या

बलिउडका बादशाह किग खानका नामले चिनिने शाहरुख खानको आगामी फिल्म जवानको टिजर सार्वजनिक भएको छ । रेड चिलिज इन्टरटेनमेन्टको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित फिल्म ‘जवान’को टिजर सार्वजनिक भएसँगै नयाँ अडकल बाजी राख्न लागीएको छ । शाहरुखको लामो समयपछिको आगमनलाई वलिउडमा निकै चासोका साथ हेरिएको छ । फिल्म २ जुन २०२३ मा रिलिज हुनेछ । फिल्मलाई एटली कुमारले निर्देशन गरेका हुन २०२३ मा प्रदर्शनमा आउन लागेको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा समेत प्रदर्शन हुने भएको छ ।

खबर एक्सप्रेस