आज:  | Sat, 13, Apr, 2024

गायक शिरीष र रितुको स्वरमा कहाँ हो तिम्रो मावल सार्वजनिक

२०७९, २१ जेष्ठ शनिबार २१:१० मा प्रकाशित ( १ साल अघि) १२९५९ पाठक संख्या

काठमाडौं, जेठ १९ गते । गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत कहाँ हो तिम्रो मावल सार्वजनिक भएको छ । गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत, कृष्ण बि.कको एरेन्ज रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको नृत्य एवं अभिनय रहेको छ । रोइला गीतबाट ख्याती कमाएका शिरीषको स्वर र पछिल्लो समय चर्चामा रहेकी गायिका रितुको स्वरमा नयाँ रोईला गीत रितु कडेल यूटयूब च्यानलबाट सार्वजनिक भएको छ । गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने दीपक विष्टले सम्पादन गरेका हुन

खबर एक्सप्रेस