आज:  | Tue, 16, Apr, 2024

शुक्रबार नेप्से ३३.७६ अंकमा

२०७९, २० जेष्ठ शुक्रबार २३:०० मा प्रकाशित ( १ साल अघि) ७५६५ पाठक संख्या

काठमाडौँ । नेप्सेमा लगातार गिरावट जारी रहेको छ । शुक्रबार नेप्से ३३.७६ अंकको गिरावटपछि २०७८.७० विन्दुमा पुगेको छ ।
बजेटपछि नेप्सेमा लगातार आइरहेको गिरावट रोकिएको छैन । नेप्से २१ सय विन्दुबाट पनि ओरालो लागेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.१३ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८८ अंकले घटेको छ ।त्यस्तै शुक्रबार २२६ कम्पनिको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ३० करोड ७३ लाखको कारोबार भएको छ ।आज उपकार लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी आज बलेफी हाइड्रोको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।त्यसैगरी आज किसन लघुवित्तको शेयर मुल्य ८.९५ प्रतिशतले घटेको छ भने उन्नति सहकार्य लघुवित्तको मुल्य ४.६५ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका कम्पनिहरुमा एनआईसी एशिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ६ करोड २३ लाखभन्दा बढीको कारोबार भएको छ ।

खबर एक्सप्रेस