आज:  | Thu, 28, Mar, 2024

काठमाडौंका मेयर र उपमेयर सिसड़ोल पुगे

२०७९, २० जेष्ठ शुक्रबार ११:२३ मा प्रकाशित ( १ साल अघि) ६१०८ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्। नगर प्रमुख शाह र उपप्रमुख डंगोल उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल तथा अनुगमनका लागि टोलीलाई लिएर आज बिहानै सिसडोल पुगेका हुन्। शाह र डंगोलले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका छन्। त्यस्तै, स्थानीयले पनि आफ्नो समस्याका बारेमा जानकारी गराएका छन्। यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए। शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन् । उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ। स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेलामा अवरोध गर्दै आएका छन्। शाह र डंगोलले विहिबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर ब्यवस्थापनबारे छलफल गरेका थिए ।

खबर एक्सप्रेस