आज:  | Tue, 16, Apr, 2024

पाँच महिनामा दुई लाख पर्यटक नेपाल भित्रिए

२०७९, १९ जेष्ठ बिहीबार २१:३२ मा प्रकाशित ( १ साल अघि) ७४१० पाठक संख्या

काठमाडौँ । सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् । पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।

खबर एक्सप्रेस