आज:  | Tue, 16, Apr, 2024

अभिनेत्री मिरुना मगरलाई दुर्व्यबहार गरेको विषयमा मिलापत्र

२०७९, १७ जेष्ठ मंगलवार २३:०२ मा प्रकाशित ( १ साल अघि) १४९१२ पाठक संख्या

लामो समयपछि नेपालमा कबड्डी ४ ले आक्रामक ब्यापार गरीरहेको थियो । उही बिच कलाकारहरु हल दौडाहमा रहेका थिए । गत आइतबार जेठ १५ गते सिभिल हलमा गएका कलाकार मध्य अभिनेत्री मिरुनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले फुर्मालाई सार्वजनिक रुपमा थप्पड हानेर प्रहरीमा उजुरी गरेकी थिइन् । त्यस लगतै फुर्मालाई प्रहरीले दुई दिन हिरासतमा राख्यो । यता बिभिन्न चरणमा आन्दोलन चर्कियो । यही बिच दुबै पक्ष बसेर मंगलवार फूर्मालाई तीन हजार धरौटीमा छुटे। फुर्मा छुटेपछि भेट गर्दै मिरुनाले भाई सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ ।

मिरुना र फुर्पाले हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ, ‘कबड्डी ४ द फाइनल म्याच’ हेर्ने दर्शकहरुसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु घर भएका फुर्वा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मिरुना मगरसमक्ष माफी मागेको र अभिनेत्री मिरुना मगरले भाई सम्झेर माफी दिएकी छन् ।’ फुर्मामाथि अनाहकमा आरोप लगाइएको भन्दै विभिन्न ठाउमा विरोध प्रदर्शन र अभिनेत्री मिरुना पुत्ला तथा कबड्डी४ को पोष्टर समेत जलाइएको थियो ।

अभिनेत्री मिरुनाले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्वाले आगामी दिनमा यस विषयमा विवाद नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।

 

खबर एक्सप्रेस