आज:  | Thu, 30, Jun, 2022

राष्ट्रिय युवा परिषदले १३ जिल्लामा अध्यक्ष नियुक्त गर्यो

२०७९, १७ जेष्ठ मंगलवार २२:२७ मा प्रकाशित ( ४ हफ्ता अघि) १७३७ पाठक संख्या

काठमाडौं, जेठ १७ गते । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेकोछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरीएको हो । नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर), सुजन लिम्बु (ताप्लेजुङ), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री,  (स्याङ्जा), भक्तबहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्रबहादुर रावल (जुम्ला) रहनुभएको छ ।

खबर एक्सप्रेस