आज:  | Thu, 30, Jun, 2022

यार्सा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला

२०७९, १४ जेष्ठ शनिबार २१:०८ मा प्रकाशित ( १ महिना अघि) १९२३ पाठक संख्या

कर्णाली प्रदेशको मुगु कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला गर्ने भएको छ । गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका का लागि खुल्ला गर्न लागेको हो । गाउँपालिकाको वडा नं. २ मा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाईन्छ । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले शुल्क लिने र शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाले जनाएको छ । यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने छ ।

खबर एक्सप्रेस