आज:  | Thu, 30, Jun, 2022

६६ हजार १३८ जनाले कोरोनाविरुद्धको खोप लगाए

२०७९, १३ जेष्ठ शुक्रबार १८:०० मा प्रकाशित ( १ महिना अघि) १०२४ पाठक संख्या

काठमाडौं, जेठ १३ गते। नेपालमा पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो। एक हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ।भने सोही समयमा १३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ जनामा ६६ हजार १३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस