आज:  | Thu, 30, Jun, 2022

राहदानी विभागले भने आइतबार पनि खुल्ने

२०७९, १३ जेष्ठ शुक्रबार ०९:३२ मा प्रकाशित ( १ महिना अघि) १४२७ पाठक संख्या

काठमाडौँ– सरकारले दुई दिन बिदा दिएपनि राहदानी विभागले भने आइतबार बिदाको दिनमा समेत आफ्नो सेवा दिने घोषणा गरेको छ ।
सरकारको विद्युतीय राहदानी सहज उपलब्ध गराउने नीति अनुरुप आइतबार पनि राहदानी सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । अर्को व्यवस्था नभएसम्म हरेका आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विभाग खुल्ने गरी सूचना जारी गरेको छ । यो समयमा राहदानी सम्बन्धि सबै काम हुने बिभागले जनाएको छ ।

खबर एक्सप्रेस