आज:  | Thu, 30, Jun, 2022

स्थानीय तहका जनप्रतिनिधिको सेवासुबिधा यस्तो

२०७९, १३ जेष्ठ शुक्रबार ०९:१८ मा प्रकाशित ( १ महिना अघि) १९२३ पाठक संख्या

काठमाडौँ, जेठ १३ गते । स्थानीय तहमा जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै अहिलृ उनीहरुको तलब सुविधा बारे चर्चा हुन लागेको छ । कतिले त सेवासुबिधा नलिने घोषणा गरेका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ ।

खबर एक्सप्रेस