आज:  | Thu, 30, Jun, 2022

एउटाले फोहोर फालेको फाल्यै गर्ने अर्कोले उठाको उठाइ रहने ? : साम्पाङ

२०७९, १२ जेष्ठ बिहीबार १७:४० मा प्रकाशित ( १ महिना अघि) २०१६ पाठक संख्या

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई आफू कुचो बोकेर सडकमा सफाई अभियानमा जुटेका छन्। उनी नागरिक सहित धरानको मुख्य चोक, भानुचोकबाट सडक सफाई अभियानको थालनी गरेका हुन्।

अभियानमा मेयर राईसँग स्थानीय युवा,नागरिक समाज मेचिमहाकाली सफाई अभियन्ताहरूले साथ दिएका थिए । जनताले पनि स्वतस्फुर्त रूपमा सहभागिता जनाएका छन्। अभियानमा उनले सड़कपेटीमा आऊने नागरिकलाई जथाभावी फोहर नफाल्न अपील समेत गरेका थिए। मेचिमहाकाली सफाइ अभियानका अभियन्ताहरूले भने हामिले बिगत तीन बर्षदेखी सफाइ अभियान थालनी गरेका थियौ । अहिले आएर मेयर आफैले यसकिसिमको अभियान गर्दा आफूहरू निकै उत्साही भएको अभियन्ता बिष्णु प्रसाद आचार्यले बताए ।

मेचिमहाकाली सफाई अभियानले धरानमा धेरै पटक सफाई अभियान संचालन गरीसकेको अनुभव उनीसँग छ । मेयरको यो अभियानलाई साथदिन उनको टीम झापाको बिर्तमोडबाट आएको थियो । छोटों कुरामा मेयरले भने अहिले हामी भन्छौ अपील गर्छौ । यो कुरालाई बेवास्ता गरे कार्बाही गर्ने समेत उदघोस गरे ।

अभियानलाई तिब्रता दिन सफाइ अभियान चलाएको बताउदै आज धरानको भानु चौकबाट सुरु भएको अभियान घण्टाघर हुँदै धरानभरि नै गरिने उनले जानकारी दिएका छन्।

खबर एक्सप्रेस