आज:  | Thu, 30, Jun, 2022

फिल्म ‘वर एन्ड बधु’ निर्माण घोषणा

२०७९, ११ जेष्ठ बुधबार २२:५४ मा प्रकाशित ( १ महिना अघि) १७६८ पाठक संख्या

फिल्म ‘वर एन्ड बधु’ निर्माण घोषणा गरिएको छ । बुधबार निर्माण युनिटले काठमाडौमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।
प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्‍टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहनेछ ।

खबर एक्सप्रेस