आज:  | Thu, 30, Jun, 2022

५ जनामा कोरोना संक्रमण पुष्टि

२०७९, ११ जेष्ठ बुधबार २१:११ मा प्रकाशित ( १ महिना अघि) १६४४ पाठक संख्या

काठमाडौँ – नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८ सय ८९ पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ११ जना निको भएका छन् । हाल नेपालमा १ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

खबर एक्सप्रेस