बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिएका छन । नगरपालिकाको मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका लागि उनी कडा रुपमा उत्रियका हुन। मेयर थारुले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन कार्य समेत अवरुद्ध हुने बताउदै यस्ता आचरण बिरोधी काम तत्काल रोक्न ७ दिनभित्र राजीनामा दिए नदिएको जानकारी पठाउन समेत जानकारी सहित् नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई निर्देशन दिएका छन। पदभार ग्रहण गरेसँगै मेयर थारुले द्वन्द्व प्रभावित व्यक्तिका परिवारका युवाहरुलाई रोजगारीको ब्यवस्था गर्ने बताए । साथै जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने किसान र आमनागरिकको गुनासो सुन्न कलसेन्टरको समेत ब्यवस्था गर्ने बताए । राजापुर नगरपालिकाका मेयर दिपेश थारुले १५-१५ दिनमा जनगुनासो सुन्ने प्रतिबद्धता जाहेर समेत गरेका छन ।