सरकारको निति तथा कार्यक्रममा नेपाललाई विदेशी चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाललाई विदेशी चलचित्र छायाङ्कनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् ।
उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृति, भौगोलिक विविधता र सुन्दरताको प्रचारप्रसार गर्न चलचित्र छायाङ्कनको गन्तव्य बनाउन लागेको बताइन् ।